पडीक्कल र डी भिलियर्स चम्किँदा हैदराबादलाई कडा लक्ष्य - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

पडीक्कल र डी भिलियर्स चम्किँदा हैदराबादलाई कडा लक्ष्य



एजेन्सी – आक्रामक ब्याट्सम्यान एबी डी भिलियर्स र ओपनर देवदत्त पाडिक्कलको अर्ध शतकको सहयोगमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को तेस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदराबादलाई १ सय ६४ रनको लक्ष्य दिएको छ ।

दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६३ रन बनायो । बेंगलोरलाई ओपनर देवदत्त पाडिक्कल र आरोन फिन्चले ११ ओभरमा ९० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । डेब्यु खेल खेलि रहेका २० वर्षिय बायाँ हाते ब्याट्सम्यान पाडिक्कलले अर्ध शतक प्रहार गर्दै बेंगलोरलाई राम्रो सुरुवात दिलाए ।

विजय शंकरको ११ औं ओभरको अन्तिम बलमा ठूलो सट खेल्नेक्रममा बिट हुँदै पाडिक्कल ५६ रनमा बोल्ड आउट हुन पुगे । उनले ४२ बलमा ८ चौका प्रहार गरे । लगत्तै १२ औं ओभरको पहिलो बलमा युवा स्पिनर अभिषेक शर्माले फिन्चलाई २९ रनमा एलबिडब्लू आउट गरे । फिन्चले २७ बलमा २ छक्का र १ चौका प्रहार गरे । टि नटराजनको १६ औं ओभरको पाँचौ बलमा ठूलो सट खेलेका कप्तान विराट कोहली मिडविकेटमा राशिद खानबाट १३ बलमा १४ रनमा क्याच आउट हुन पुगे ।

एबी डिभिलियर्स ३० बलमा ४ चौका र २ छक्का ५१ रनमा रन आउट हुन पुगे । डी भिलियर्स अन्तिम ओभरको तेस्रो बलमा दुई रन लिने क्रममा मनिष पान्डेले लङअफबाट थ्रो फाल्दै विकेटकिपर जोनी बेयरस्टोले एबी डी भिलियर्सलाई रन आउट गराएका थिए । अन्तिम बलमा शिवम दुबे ७ रनमा रन आउट भए । जोश फिलिपे १ रनमा नट आउट भए ।

हैदराबादका अभिषेक शर्माले २ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । विजय शंकरले १.२ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । टि नटराजनले ४ ओभरमा ३४ रन खर्चेर १ विकेट लिए । राशिद खानले ४ ओभरमा ३१ रन खर्चेपनि विकेट लिन सकेनन् ।