हैदरावादले दियो पंजावलाई २१३ रनको लक्ष्य - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

हैदरावादले दियो पंजावलाई २१३ रनको लक्ष्य



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले किंग्स इलाभेन पन्जाबलाई जितका लागि २१३ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ ।

राजिब गान्धी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभर खेल्दै ६ विकेट गुमाएर २१२ रन बनायो ।

हैदरावादका लागि डेभिड वार्नरले ८१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मनिस पाण्डेले ३६, रिद्दिमान शाहले २८ तथा मोहमद नाभीले २० रन बनाए ।

पन्जाबका मोहमद सामी र रविचन्द्र आश्विनले २/२ विकेट लिए ।

आज दुवै टोली जित निकाल्दै प्ले अफ सम्भावना कायम राख्ने लक्ष्यसहित मैदान उत्रने छन् । प्ले अफ पुग्न दुवैको लागि यस खेल निकै महत्वपूर्ण रहेको छ ।

घरेलु टोली राजस्थानले ११ खेलबाट १० अंक जोडेर चौंथो स्थानमा रहेको छ । त्यसैले पन्जाबलाई घरेलु मैदानमा पराजित गर्दै हैदरावाद प्ले अफको सम्भावना कायम गर्न चाहन्छ ।

यता, पन्जाब घरेलु टोलीलाई हराएर शीर्ष ४ को होड कायम राख्न चाहन्छ । छैटौं स्थानको पन्जाबले ११ खेलबाट १० अंक जोडेको छ ।