चीनले आविस्कार गर्यो ‘कोरोना भाइरस’ बिरुद्धको ‘स्प्रे’
एजेन्सी- कोरोना संक्रमणका कारण चीन अहिले निकै तनाव अनि चुनौतिवाट गुज्रिरहेको छ। एक साता नबित्दै दर्जनौं देशमा फैलिएको यो भाइरसले संसारभरको ध्यान खिचेको छ ।
वुहान सहरबाट फैलिएको यो सङ्क्रमणकै कारण विश्वभर फैलन सक्ने अनुमान गरिएको छ। चीनले कोरोना भाइरसको बिरुद्ध लड्नका लागि हरसंभव कसरत गरिरहेको छ।
६ दिनमा नै १० हजार जनाको उपचार गर्न सक्ने गरि बनाउन आँटेको अस्पतालको पनि संसारभर चर्चा भैरहेको छ । अनेकौँ प्रयास गरिरहेको चीनले यसको औसधि पनि बनाएको खबर प्राप्त भएको छ ।
चीनको निकै लोकप्रिय पत्रिका ‘पीपल्स डेली चाइना’का अनुसार चीनको सांघाई हेल्थ सेन्टरले कोरोना भाइरस बिरुद्ध लड्न सक्ने स्प्रेको आविस्कार गरेको छ । उक्त पत्रिकाका अनुसार यसको सफल परिक्षण पनि गरेको छ ।
यसको आधिकारीक ट्वीटर ह्याण्डलमा भर्खरै प्राप्त एउटा पोष्टमा यो जानकारी दिइएको छ । जसका अनुसार सांघाई हेल्थ सेन्टरले यसरी कोरोना भाइरसका बिरुद्ध लड्नका लागि स्प्रेको बिकास गरि सफल परीक्षण समेत गरिसकेको छ।
यद्धपी यस्ता स्प्रेहरु अहिलेसम्म सामान्य जनताको प्रयोगार्थ उपलब्धता भनें छैन । यस्ता स्प्रे लाई मुखमा छर्केर कोरोना भाइरसको बिरुद्ध आफूलाई सर्न नदिने क्षमता बिकास गर्न सकिन्छ ।
यी स्प्रेहरु फ्रन्टलाइनमा रहेका स्वास्थकर्मीलाई प्रयोगार्थ बनाइएको बताइएको छ । हुन त सन् २००२ मा सार्स भाइरस आउटब्रेकका समयमा चीनले कुनै प्रकारको यस्ता पद्धति अहिले १७ वर्ष सम्म पनि नबनाएको भनी आलोचना गर्नेहरु पनि पीपल्ड डेली चीनको ट्वीटको कमेन्टमा पाइयो ।
यदि यो खबर सत्य हो भनें यस महामारीबाट बच्न बिश्वजगतको जनस्वास्थका लागि नै चीनको यो सर्वाधिक ठूलो देन हुनेछ ।