रामोसको कीर्तिमानमा स्पेनको शानदार जित - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रामोसको कीर्तिमानमा स्पेनको शानदार जित



युरोकप फुटबल २०२० को छनौट अन्तर्गत सोमबार राति भएको खेलमा स्पेन विजयी भएको छ । समूह एफ अन्तर्गतको खेलमा स्पेनले स्वीडेनलाई ३-० ले पराजित गरेको हो ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा स्पेनले तीनै गोल दोस्रो हाफमा गरेको हो । दुई गोल पेनाल्टी मार्फत भएका हुन् । ६४ औँ मिनेटमा सर्जियो रामोसले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए ।

८५ औँ मिनेटमा पाएको पेनाल्टीमा अल्भारो मोराटाले गोल गरे । त्यसको दुई मिनेटपछि मिकेल ओयार्जाबालले गोल गरे । २२ वर्षका मिकेलले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो पहिलो गोल गरेका हुन् । रामोस यो जितसँगै अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल जित्ने खेलाडी बनेका छन् । उनले स्पेनबाट १२३ खेल जितेका छन् ।

सोही समूहको खेलमा नर्वेले फारोइ आइल्याण्डलाई २-० तथा रोमानियाले माल्टालाई ४-० ले पराजित गरेको छ । अरु खेलमा रिपब्लिक अफ आयरल्याण्डले जिब्रालटारलाई २-०, कोसोभोले बुल्गेरियालाई ३-२, चेक गणतन्त्रले मन्टेनेग्रोलाई ३-०, सर्बियाले लिथुवानियालाई ४-१, युक्रेनले लग्जेम्बर्गलाई १-०, डेनमार्कले जर्जियालाई ५-१, स्लोभेनियाले लात्भियालाई ५-०, अस्ट्रियाले उत्तरी मेसेडोनियालाई ४-१ र पोल्याण्डले इजरायललाई ४-० ले हराएका छन् ।