मेस्सीले गोल गरेपछि बार्सिलोना विजयी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मेस्सीले गोल गरेपछि बार्सिलोना विजयी



काठमाडौं । प्रि–सिजनको अन्तिम मैत्रीपूर्ण खेलमा स्पेनिश क्लव बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले अन्तिम मैत्रीपूर्ण खेलमा अर्जेन्टाइन क्लव बोका जुनियर्समाथि ३–० को सहज जित निकाल्यो ।

बुधबार राति घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनालाई जिताउन माल्कोम, लियोनेल मेस्सी र राफिन्हाले गोल गरे । घरेलु मैदान नोउ क्याम्पमा बुधबार राति भएको खेलमा स्पेनिश ला लिगा च्याम्पियन बार्सिलोनाले १८ औं मिनेटमा गोल गर्न सफल भएको थियो ।

यसै सिजन बार्सिलोनामा अनुबन्धित भएका माल्कोमले पहिलो गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ३९ औं मिनेटमा कप्तान लियोनेल मेस्सीले गोल गरेपछि बार्सिलोना २–० ले अघि बढेको थियो ।

६७ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए ।

स्पेनिश ला लिगाको नयाँ सिजन यही शनिबारदेखि सुरु हुँदैछ ।

को को विजयी भए अन्तिम प्रिसिजनमा

अन्तिम प्रिसिजन अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा युभेन्टसले युभेन्टस यु–२३ लाई ८–० ले हरायो । हेराथ बर्लिनले हैल्सचर फुटबल क्लवलाई ४–१ ले र बायर्न म्युनिखले ह्याम्बर्गरलाई ४–१ ले हरायो ।