स्पेनलाई हराउँदै विश्वकपको आयोजक राष्ट्र रसिया क्वार्टरफाइनलमा प्रवेश - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

स्पेनलाई हराउँदै विश्वकपको आयोजक राष्ट्र रसिया क्वार्टरफाइनलमा प्रवेश



काठमाडौं । पेनाल्टीमा स्पेनलाई हराउँदै विश्वकपको आयोजक राष्ट्र रसिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति लुज्निकी रंगशालमा सम्पन्न खेलको नियमित समयमा दुवै पक्षबाट १–१ गोल मात्रै भएको कारणले गर्दा खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा पनि थप गोल हुन नसक्दा खेल पेनाल्टी सुट आउटमा गएको थियो ।

पेनाल्टीमा स्पेन ४–३ गोलले पराजित भएको हो । टाइब्नेकरमा स्पेनका आन्द्रेस इनियस्टा, जेर्रार्ड पिके, सर्जियो रामोसले गोल गरे । कोके र आसपासले भने गर्न सकेनन्।

रुसका फेदोर स्मोलोभ, सर्गी इग्नासेभिच, गोलोभिन, चेरिसेभले गोल गरे। टाइब्रेकरमा स्पेनको तेस्रो र पाँचौं प्रहार गोल हुन सकेन। रुसका भने सबै चार प्रहार गोल भएपछि अन्तिम प्रहार गर्नुअघि नै विजेता बनेको हो।

रुसका गोलरक्षक इगोर अकिनफिभले खेलभर शानदार प्रदर्शन गरे। उनले निर्धारित तथा अतिरिक्त समयमा आधा दर्जनभन्दा बढी आक्रमण बचाएका थिए ।

यसअघि निर्धारित ९० मिनेटमा दुवैतर्फबाट १द्द१ गोल भएपछि ३० मिनेट थपिएको थियो। आत्माघाति गोलमा पछि परेको रुस पेनाल्टी पाएपछि खेल १–१ गोलको बराबरीमा ल्याएको थियो।