रामोसले कीर्तिमान रचे स्पेनको शानदार जित्यो - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

रामोसले कीर्तिमान रचे स्पेनको शानदार जित्यो



एजेन्सी – युरोकप छनोट अन्तरगत स्पेनले फारोअ आइल्यान्डमाथि सहज जित हात पारेको छ । स्पेनलको घरेलु टोली फरोअ आइल्यान्डमाथि ४–१ को फराकिलो जित निकालेको हो ।

स्पेनको फराकिलो जितमा सर्जियो रामोस, नेसस नाभास र जोसे गायाले गोल गरे । एक गोल उपहार पाएको थियो । क्लाइमेन्ट ओल्सेनले एक गोल फर्काए ।

खेलको पाँचौ मिनेटमा सर्जियो रामोसको गोलबाट अग्रता बनाएको थियो । १९औं मिनेटमा नाभाले गोल गर्दै स्पेनलाई २–० ले अघि बढाए । ३०औं मिनेटमा फारोअका क्लाइमेन्ट ओल्सेनले गोल गर्दै खेललाई २–१ को अन्तरमा झारेका थिए ।

तर, ३४औं मिनेटमा टेइटुर जेस्टसनले आत्मघाती गोल गरेपछि स्पेन पहिलो हाफमै ३–१ को आरामदायी अवस्थामा पुगेको थियो । ७१औं मिनेटमा जोसे गायाले गोल गर्दै स्पेनिको ४–१ को फराकिलो जित दिलाए ।

जितसँगै स्पेन युरो छनोटको समूह ‘एफ’ मा ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । आइल्यान्ड ३ खेलमा जितविहीन हुदै पुछारमा छ ।

यही समूहको अर्काे खेलमा स्वीडेनले माल्टालाई ३–० ल पराजित गर्दै छनोट हुने सम्भावना जीवितै राखेको छ । स्वीडेनको सहज जितमा रोविन क्वाइसन, भिक्टर क्लेइसन र एलेसन्डर इसाकले गोल गरे । स्वीडेन ३ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा छ । माल्टा ३ अंक जोडेर चौथो स्थानमा छ ।

विश्वकप छनोटको अन्य खेलको नतिजा
युक्रेनविरुद्ध सर्विया (५–०)
डेनमार्कविरुद्ध आयरल्यान्ड (१–१)
नर्थ म्यासेडोनिया विरुद्ध पोल्यान्ड (०–१)
लात्भियाविरुद्ध इजरायल (०–३)
अष्ट्रिया विरुद्ध स्लोभेनिया (१–०)
चेक रिपब्लिकविरुद्ध बुल्गेरिया (२–१)
लिथुनियाविरुद्ध लक्जेमवर्ग (१–१)
मोन्टेनेग्रो विरुद्ध कोसोभो (१–१)
नर्वे विरुद्ध रोमानिया (२–२)