निर्मला हत्याकाण्ड:तत्कालीन एसपी विष्ट जेल जान सक्ने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

निर्मला हत्याकाण्ड:तत्कालीन एसपी विष्ट जेल जान सक्ने



काठमाडौ । १३ वर्षिय वालिका निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित समितिले मंगलवार गृहमन्त्रालयलाई प्रतिवेदन बुझाएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनाली नेतृत्वमा गठित ५ सदस्यीय छानविन समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो ।

गृहमन्त्रालय स्रोतले जनाए अनुसार प्रतिवेदनमा तत्कालीन एसपी डिल्लीराज विष्टले गम्भिर गल्ति गरेको उल्लेख छ ।

निर्मला पन्त हराउने बित्तिकै निर्मलाकी आमाले प्रहरीलाई खबर गरेपनि प्रहरीले बेवास्ता गरेको भन्दै त्यसो हुनुमा तत्कालीन एसएसपी बिष्टकै कमजोरी औंल्याईएको छ ।

घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान गर्नुपर्नेमा लाश धुनुको साथै सुरुवाल धोएर प्रमाण नष्ट गर्नुमा पनि विष्टकै संलग्नता रहेको प्रतिवेदनमा उल्लेख छ । प्रहरिले सक्कलि अभियुक्त भगाएको भन्दै स्थानियले गरेको आन्दोलनमा विष्टले गोली चलाउन आदेश दिएको उल्लेख छ । यी तथ्य प्रमाणित भएमा विष्ट जेल जान सक्नेछन् ।