अभिनेता सोनूको कंगना माथि यस्तो आरोप - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

अभिनेता सोनूको कंगना माथि यस्तो आरोप



मुम्बई। बलिउड अभिनेता सोनू सूदले अभिनेत्री कंगना रनौतमाथि महिला कार्ड प्रयोग गरेको आरोप लगाएका छन् । सोनूले भने, ‘कंगनाले ‘मणिकर्णिकाः द क्वीन आफ झाँसी’ बाट बाहिरिनेहरुलाई ‘पुरुष वर्चस्ववाद’ को मुद्दा बनाइरहेकी छन् ।’

सोनूले ‘सिम्बा’ प्रति आफ्नो व्यावसायिक प्रतिबद्धताका कारण ‘मणिकर्णिकाः द क्वीन आफ झाँसी’ छोडेको बताएका छन् ।

तर फिल्म ‘मणिकर्णिकाः द क्वीन आफ झाँसी’ मा मुख्य भूमिका निभाइरहेकी कंगनाले सोनूले त्यस्तो नभएर महिलाको खट्नपटनमा काम गर्न नचाहेर सोनू फिल्मबाट बाहिरिएको दावी गरेकी छन् । कंगनाले भनिन्, ‘सोनूले फिल्म यस कारण छोडे कि उनी एक महिला निर्देशकको निर्देशनमा काम गर्न चाहादैनन् ।’

सोनूले आफ्नो प्रष्टीकरणमा भनेका छन,‘कृषद्वारा निर्देशित यो फिल्म छोड्ने निर्णयमा लैंगिकताको कुनै भूमिका छैन ।’

‘कंगना एक प्रिय साथी हुन र उनी सधै साथी रहिरहन्छिन् । तर उनको जुनसुकै विषयमा पनि लगातार महिला कार्डको प्रयोग र यी सबै मुद्दालाई ‘पुरुष वर्चस्ववाद’ का रुप दिनु हास्यास्पद छ ।’