सोनिया गान्धीको दाबीले भारतीय कांग्रेसमा तरङ्ग - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

सोनिया गान्धीको दाबीले भारतीय कांग्रेसमा तरङ्ग



नयाँ दिल्ली- भारतीय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीको दाबीले पार्टीमा तरङ्ग ल्याएको छ । सोनियाले आफूलाई पार्टीको पूर्णकालीन अध्यक्ष भएको दाबी गरेकी छन् ।

आफैंलाई नै पूर्णकालीन अध्यक्ष भएको दाबी गर्दै पार्टीको कार्यसमिति बैठकमै उनले पार्टीमा स्व-नियन्त्रण र अनुशासन कायम गर्नका लागि आग्रह गरिन ।

उनले भनिन्, ‘यदि तपाईंहरुले भन्‍न दिनुहुन्छ भने म नै पार्टीको पूर्णकालीन अध्यक्ष हो। मैले सधैं स्पष्ट कुरा गरेको छु। मलाई मिडियामार्फत यो कुरा भन्‍न आवश्यक छैन।’

दिल्लीस्थित कांग्रेस मुख्यालयमा शनिबार बसेको कार्यसमिति बैठकमा पार्टीप्रति प्रश्‍न गरिरहेका नेताहरुले सोनियाले जवाफ दिएकी हुन्।

यस क्रममा उनले पार्टीको हितलाई सर्वोपरी राख्‍ने र अनुशासन कायम गर्नपर्नेसमेत बताएकी छन्। पार्टीको अध्यक्ष चयन गर्नका लागि सोनियालाई पत्र लेखेका २३ नेताहरुलाई सोनियाले शनिबार स्पष्ट जवाफ दिएकी हुन्। पार्टीको अध्यक्ष चयन गर्नुपर्ने भन्दै २३ नेताहरुले पार्टीको फैसला कसले गरिरहेको छ भन्‍ने थाहा हुनुपर्ने बताएका थिए।

सोनियाले भनिन्, ‘पूरा संगठन कांग्रेसलाई फेरि उठाउन चाहन्छ। तर, यसका लागि एकता र पार्टीको हितलाई सबैभन्दा माथि राखिनुपर्छ। त्यसका लागि सबैभन्दा पहिले स्व-नियन्त्रण र अनुशासन कायम गर्नुपर्छ।’

यसअघि सन् २०२० को निर्वाचनमा भारतीय कांग्रेस पराजित भएपछि अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका थिए।