सोनिया गान्धी अस्पताल भर्ना: अवस्था नाजुक - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

सोनिया गान्धी अस्पताल भर्ना: अवस्था नाजुक



एजेन्सी- भारतीय राष्ट्रिय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी एकाएक बिरामी परेकी छन् ।

स्वास्थ्य अवस्था एकाएक कमजोर भएपछि उनलाई दिल्लीको गंगाराम अस्पताल भर्ना गरिएको छ।

उनको स्वास्थ्य अवस्था नाजुक देखिएपछि अस्पताल भर्ना भएको भारतीय सञ्‍चारमाध्‍यमहरुले जनाएका छन्।

सोनिया शनिबारको बजेट कार्यक्रममा पनि उपस्थित भइनन्।

सोनिया गान्धीको पछिल्लो स्वास्थ्य अवस्थाकै कारण उनी आजभोलि राजनीतिमा कम सक्रिय देखिएकी हुन्।