सोनाक्षी सिन्हाको घरमा प्रहरी : के हो बिबाद ? - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

सोनाक्षी सिन्हाको घरमा प्रहरी : के हो बिबाद ?



एजेन्सी – उत्तर प्रदेशको प्रहरी धोखाधडीको मामलामा सोधपुछ गर्न मुम्बईस्थित सोनाक्षी सिन्हाको घरमै पुगेकाे छ ।एउटा कार्यक्रममा प्रस्तुतिका लागि उनले ३७ लाख लिएकी थिइन् । तर उनी सो कार्यक्रममा गइनन् ।

यही घटनामा गत मार्चमा इलाहाबाद उच्च अदालतका न्यायाधीश नाहिद आर मोनिस र भीके श्रीवास्तवले सोनाक्षीका वकिल इमरान उल्लाहको दलिल सुनेर आरोपपत्र दायर नभएसम्म पक्राउ गर्न रोक लगाएका थिए ।

उनलाई पक्राउ गर्न प्रहरी पुगेपछि उनले ट्वीट गर्दै लेखेकी छन्, ‘एक आयोजक जो आफ्नो प्रतिबद्धतामा खरो रुपमा उत्रिन सकेन ।

त्यही नै प्रेसमा मेरो छवि खराब गरेर पैसा कमाउन सकिन्छ भन्ने सोच राख्छ ।’धोखाधडीको मामलामा सोधपुछ गर्न

उनीहरुमाथि अग्रिम पैसा लिएर पनि दिल्लीमा गत वर्षको ३० नोभेम्बरमा इन्डिया फेसन एन्ड ब्युटी अवार्डकाे कार्यक्रममा नपुगेको आरोप छ ।

आयोजक प्रमोद शर्माले प्रहरीमा उजुरी गरेका थिए । तर, आरोपीमाथि कुनै कारबाही भएको छैन । त्यसपछि उनले विष खाएर आत्महत्याको कोसिससमेत गरेका थिए ।

अनुसन्धानपछि सोनाक्षी, ट्यालेन्ट फुल अन कम्पनीका अभिषेक सिन्हा, मालभिका पन्जाबी, धुमिल ठक्कर र एडगर सकारियाविरुद्ध आईपीसीको धारा ४०७ र ४२० अनुसार आरोपी बनाइएको छ ।