सोमालियामा शक्तिशाली बम विष्फोट - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

सोमालियामा शक्तिशाली बम विष्फोट



मोगादिसु– अफ्रिकी मुलुक सोमालियाको राजधानी मोगादिशुमा भएको आक्रमणमा कम्तीमा ४ जनाको ज्यान गएको छ । मोगादिशुको मध्यभागमा रहेको रेष्टुरेन्ट अगाडी कार बम आक्रमण भएको प्रहरीले जनाएको छ ।

आक्रमणमा अरु ९ जना घाइते भएका छन् । विष्फोटक पदार्थ लादेर रोकिराखिएको कार विष्फोट भएको प्रहरीले जनाएको छ ।

आक्रमणको जिम्मा सोमालियामा सक्रिय इस्लामिक लडाकु समूह अल शबाबले लिएको छ । सोमालियाको राष्ट्रपतीय कार्यालय नजिकै रहेको रेष्टुरेन्ट अगाडी बम विष्फोटन भएकाले यसले मोगादिशुको सुरक्षा व्यवस्थामा ठूलो प्रश्न उठाएको बताइएको छ ।