सारा पौडेलले सार्वजनिक गरिन आफ्नो ‘सोल्टी आले’ (भिडियो सहित)
समीर प्रकाश पाण्डे
साङ्गीतिक क्षेत्रमा उदाउँदै गरेकी गायिका सारा पौडेल आज भोलि साङ्गीतिक क्षेत्रका विभिन्न विधामा व्यस्त छिन् । ललितपुरको लगनखेलमा पिता तिर्थ बहादुर पौडेल र माता नन्द कुमारीको कोखबाट जन्म लिएकी सारा साङ्गीतिक क्षेत्रमा लागेको छोटो समय मै परिचित नाम हो ।
उनले आधुनिक तथा लोक दोहोरी गीतहरूमा आफ्नो स्वर भरि सकेकी छन् उनी गायिका मात्र नभएर एक कुशल डान्सर पनि हुन । उनको स्वरमा रहेका म त गोरी गोरी, स्वार्थी बनी, बाचुन्जेल सँगै बसौँ र लोक दोहोरी गीत “ धन कमाउने अाशमा जस्ता गीतहरूले राम्रै चर्चा बटुल्न सफल पनि भएका छन् ।
केही समय अगाडि मात्रै उनको स्वरमा “ सोल्टी आले ” बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ बिन्धवासीनी म्युजिक प्रा.लीले बजारमा ल्याएको गीतमा सारा लाई स्वरमा
सुमन राईले साथ दिएका छन् गीतमा शब्द सुनिल दिप्त राई र सङ्गीत सुमन राईकै रहेको छ ।
प्रेम कथालाई विषय बस्तु बनाएर प्रस्तुत गरिएको गीतको भिडियोलाई लक्षु गौतमले निर्देशन गरेका छन् भने महेश महराको छायाङ्कनमा ब्लक मेजिक को सम्पादन रहेको छ । भिडियोमा विवेक जोशी र काशिस दाहालको अभिनय रहेको छ ।