सारा पौडेलले सार्वजनिक गरिन आफ्नो 'सोल्टी आले' (भिडियो सहित) - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

सारा पौडेलले सार्वजनिक गरिन आफ्नो ‘सोल्टी आले’ (भिडियो सहित)



समीर प्रकाश पाण्डे

साङ्गीतिक क्षेत्रमा उदाउँदै गरेकी गायिका सारा पौडेल आज भोलि साङ्गीतिक क्षेत्रका विभिन्न विधामा व्यस्त छिन् । ललितपुरको लगनखेलमा पिता तिर्थ बहादुर पौडेल र माता नन्द कुमारीको कोखबाट जन्म लिएकी सारा साङ्गीतिक क्षेत्रमा लागेको छोटो समय मै परिचित नाम हो ।

उनले आधुनिक तथा लोक दोहोरी गीतहरूमा आफ्नो स्वर भरि सकेकी छन् उनी गायिका मात्र नभएर एक कुशल डान्सर पनि हुन । उनको स्वरमा रहेका म त गोरी गोरी, स्वार्थी बनी, बाचुन्जेल सँगै बसौँ र लोक दोहोरी गीत “ धन कमाउने अाशमा जस्ता गीतहरूले राम्रै चर्चा बटुल्न सफल पनि भएका छन् ।

केही समय अगाडि मात्रै उनको स्वरमा “ सोल्टी आले ” बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ बिन्धवासीनी म्युजिक प्रा.लीले बजारमा ल्याएक‍ो गीतमा सारा लाई स्वरमा
सुमन राईले साथ दिएका छन् गीतमा शब्द सुनिल दिप्त राई र सङ्गीत सुमन राईकै रहेको छ ।

प्रेम कथालाई विषय बस्तु बनाएर प्रस्तुत गरिएको गीतको भिडियोलाई लक्षु गौतमले निर्देशन गरेका छन् भने महेश महराको छायाङ्कनमा ब्लक मेजिक को सम्पादन रहेको छ । भिडियोमा विवेक जोशी र काशिस दाहालको अभिनय रहेको छ ।