एकाएक शोकमा डुब्यो तराई - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

एकाएक शोकमा डुब्यो तराई



काठमाडौं –आइतबार राति आएका हावा र हुरीले बारा र पर्सामा अकल्पनीय क्षति भएको छ । अहिले सम्म जानकारीमा आएसम्म २५ जनाको मृत्यु भएको छ । भने ४ सय भन्दा बढी घाइते भएका छन् । प्राकृतिक विपत्तिले बारा र पर्सा शोकमग्न बनेको छ ।

बारा र पर्सा जिल्लामा भएको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो दुःख प्रकट गरेका छन् । उनले हावा हुरीबाट ज्यान गुमाएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ । हुरीका कारण आपत्मा परेकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ । घटना रातिको समयमा भएका कारण उद्धारमा कठिनाइ भएको जनाइएको छ ।

रगत अभावका कारण घाइतेकाे उपचारमा समस्या देखिएको छ । प्रधानमन्त्री ओलीले उद्दारमा जुट्न र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।