स्ववियु निर्वाचनका लागि काग्रेसद्धारा विभिन्न उपसमीतीहरु गठन - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

स्ववियु निर्वाचनका लागि काग्रेसद्धारा विभिन्न उपसमीतीहरु गठन



हिमाल पोस्ट / भैरहवा, २६ माघ
नेपाली काग्रेस रुपन्देहीले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आफ्नो बहुमत ल्याउन विभिन्न उपसमीतीहरु गठन गरेको छ ।

नेपाली काग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्वमा बसेको बैठकले जिल्लाका सबै क्याम्पसलाई समन्वयगरी सचांलन गर्नकालागी प्राजान्तीक प्रध्यापक र क्षेत्रमा क्षेत्रीय सभापति सयोंजक रहेको समिति गठन गरिएको छ । त्यस्तै जिल्ला सभापतिको सयोंजकत्वमा निर्देशक समिति समेत गठन गरिएको छ । मदन प्रसाद कट्टेलको सयोजकत्वमा गठीत प्रजातन्त्रीक प्रध्यापकहरुको सदस्यहरूमा केन्द्रीय सचिव बुद्ध बहादुर थापा, केन्द्रीय सदस्य चन्द्र प्रसाद रेग्मी, जिल्लाका १८ बटै क्याम्पस प्राजातान्त्रीक प्रध्यापक सघंका अध्यक्षहरु सदस्य, तरुणदल रुपन्देहीका अध्यक्ष सोम बहादुर गुरुन, सचिव रमेश बहादुर शाही, बासु बस्याल, ओम प्रकाश अर्याल रहेका छन् ।

त्यस्तै क्षेत्र नं १ का सभापति हिराबहादुर खत्री, २ का मातृका प्रसाद यादव, ३ का प्रेम बहादुर फौजदार, ४ का हरीलम्साल, ५ का बसी उल्लाह मुसलवान, ६ का दुर्गा प्रसाद उपाध्यय सयोंजक रहेको ३ सदस्यीय समिति गठन गरिएको छ । जिल्ला सभापति रज्जाक सयोंजक रहेको निर्देशन समिति सदस्यमा सचिव रामकृष्ण खाणँ र युवराज गिरी रहेका छन् । स्वतन्त्र विद्यार्थी युनियनमा प्रचार प्रसारकालागी प्रकाश रानाको सायोजकत्वमा छुट्टै समिति गठन गरिएको छ । समितिको सदस्यहरूमा लेखनाथ भट्टराई, टंक पाण्डे, जमुना ढकाल, सुशील गुरुन,विष्णु पोखरेल, मुक्तीराज पौडेल, मिलन थापा, विक्रम सेरचन, अजय रावल, दीपक पौडेल, प्रजापाल गिरी, लोक प्रसाद खरेल र लेखनाथ अधिकारी रहेका छन् ।