सनराईजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स विजयी - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

सनराईजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स विजयी



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा गएराति भएका खेलमा सनराईजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स विजयी भएका छन् ।

पहिलो खेल जित्दै चेन्नाई अंक तालिकाको शीर्ष स्थानमा उक्लिए पनि दोस्रो खेलमा हैदरावाद विजयी भएपछि चेन्नाई फेरि दोस्रो स्थानमा झरेको छ ।

हैदरावादमा भएको खेलमा घरेलु टोलीले दिल्ली डेयरडेभिल्सलाई ७ विकेटले हराएको हो । खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनायो ।

दिल्लीका लागि पृथ्वी शाहले ६५ रन जोड्दा श्रेयर ऐयरले ४४ रनको योगदान गरे । जवाफमा १ सय ६४ रनको विजय लक्ष्य हैदरावादले खेलमा १ बल बाँकी छँदा ३ विकेट गुमाएर पुरा ग¥यो ।

हैदरावादको जितमा अलेक्स हेल्सको ४५ रन, शिखर धवनको ३३ रन, केन विलियाम्सनको अविजित ३२ रन तथा युसुफ पठानको अविजित २७ रन महत्वपूर्ण रह्यो ।

आइपिएल अन्तर्गतको अर्को खेलमा चेन्नाई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले हराएको छ । खेलमा पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन मात्रै जोड्यो ।

उसका लागि पृथ्वी पटेलले ५३ रन जोडे । जवाफमा १ सय २८ रनको झिनो चुनौती चेन्नाईले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो ।

चेन्नाईको जितमा अम्बाती रायुडुको ३२ रन तथा महेन्द्र सिंह धोनीको अविजित ३१ रन महत्वपूर्ण रह्यो ।

गएरातिका खेलपछि आइपीएल अंक तालिकामा ९ खेलबाट १४ अंक जोडेको सनराईजर्स हैदरावाद शीर्ष स्थानमा रहेको छ ।

एक खेल बढी खेलेको चेन्नाई समान १४ अंकसहित दोस्रो स्थानमा रहेको छ । तेस्रो र चौथो स्थानका कोलकाता र पञ्जावको समान १०/१० अंक रहेको छ ।