मिसटीन २०१६ को दौडमा स्नेहा - Himal Post Himal Post
  • २८ पुष २०८२, सोमबार
  •      Mon Jan 12 2026
Logo

मिसटीन २०१६ को दौडमा स्नेहा



द फेसन प्लसले आयोजना गरेको मिसटीन २०१६ अहिले बजारमा चर्चाको बिषय बनेको छ। बिगत छ वर्षदेखी उक्त संस्थाले मिसटीन सन्चालन गर्दै आइेरहेको छ। सन २०११ बाट प्रत्यक वर्ष सन्चालन हुंदै आएको मिसटीन प्रतियोगितामा बिभिन्न बिधामा प्रतिस्पर्धा गराइ तीन राउन्डमा छनोट गरिन्छ। प्री(जजिङ, टप १५ गर्दै टप ५ बाट बिजेता छनोट गरीन्छ।14066499_1213251745414275_7781654800950004075_o
१४ देखी २० बर्ष सम्मका युबतीहरुले भाग लिन सक्ने यो कार्यक्रममा ६० जना प्रतिस्पर्धी छन ती मध्य स्नेहा पौडेल पनि आफ्नो प्रतिभा प्रदर्शन गर्दैछन, टाइम्स कलेजमा अध्ययनरत स्नेहा नेपाली सांगीतिक क्षेत्रकी अब्बल मोडल पनि हुन। उनले अभिनय गरेका म्युजिक भिडिओ धुंवासरी र तलतल लाग्यो सफल छन। यस अघी मिस प्लसटू कि सेकेन्ड रनरअप र मिस्स ट्यालेन्ट भाईसकेकी स्नेहा चर्चित कार्यक्रम संचालिका तथा गाइेका मन्जु पौडेल कि छोरी हुन।
८ अगस्ट बाट सुरु भएको मिसटीन प्रतियोगिता को अहिले मिस पपुलर राउन्ड को लागि भोटिङ्ग सुरु भएको छ, सेप्टेम्बर १ मा सम्पन्न हुने यो प्रतिस्पर्धा मा स्नेहा ले आफ्नो फेसबूकको पोस्ट गर्दै भोटिङ्ग को लागि अपील गरेकी छन। उनलाई भोट गर्न मोबाइल को म्यासेज बक्स मा MISSTEEN 59 टाइप गरी 33001 मा पठाउन सक्नुहुन्छ।