सन्दीपले भने: हामी धेरै हतारिन्छौँ - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

सन्दीपले भने: हामी धेरै हतारिन्छौँ



इङ्ल्यान्डको लर्डस मैदानमा वेस्ट इन्डिज विरुद्ध हुने च्यारिटी खेलमा विश्व ११ बाट खेल्न सन्दीप आज त्यसतर्फ जाँदै छन् ।

इर्मा र मारिया नाम दिईएको हुरिकेन (आंधिबेरी) ले गतवर्ष वेस्ट इन्डिजमा भत्केको क्रिकेट संरचनाको पुनर्निर्माणका लागि बिहिबार च्यारिटी खेल आयोजना गरिएको हो । इङ्ल्यान्ड जानुअघि बिहिबार आयोजित पत्रकार सम्मेलनमा सन्दीपले विश्व ११ बाट खेल्न पाउनु सौभाग्य रहेको बताए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान जारी प्रधानमन्त्री कपका दौरान आयोजित पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले विश्व ११ बाट खेल्न पाउनु सौभाग्य रहेको बताए । आइपिएलमा दिल्लीबाट खेलेका सन्दीपले टोलीको अन्तिम तीन खेलमा मात्र मौका पाएका थिए । आफ्नो पहिलो र दोस्रो खेलमा समान १ विकेट लिएका उनले अन्तिम खेलमा ३ विकेट लिएका थिए ।

विश्व ११ मा मौका पाउनुलाई पनि सन्दीपले ठूलो उपलब्धि भएको बताएका छन् । उनले भने, ‘हामी कतिपय कुरामा हतारिन्छौँ, तर यो लेभलमा पुग्नु नै हाम्रो लागि ठूलो उपलब्धि हो।’

बिहिबारका लागि विश्व ११ मा पाकिस्तानका विष्फोटक ब्याट्सम्यान शाहिद अफ्रिदीसँगै शोहेब मलिक र श्रीलंकाका थिसारा परेरा पनि खेल्नेछन् । टोलीको कप्तानी इङ्लिस ब्याट्सम्यान इओन मोर्गानले गर्नेछन् । त्यस्तै वेस्ट इन्डिज भने कार्लोस ब्राथवेटको कप्तानीमा रहनेछ । डोपिङका कारण १ वर्षयता मैदान बाहिर रहेका एन्ड्रे रसल यस खेलबाट पुनरागमन गर्नेछन् । दुवै टोलीको अन्य सदस्य भने सार्वजनिक हुन बाँकी छ।