खुल्यो राहुललाई स्मृति ईरानीले चुनाव हराएको रहस्य - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

खुल्यो राहुललाई स्मृति ईरानीले चुनाव हराएको रहस्य



काठमाडौं । भारतीय काँग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धीलाई हराएर चर्चाको शिखरमा रहेकी भारतीय जनता पार्टी भाजपाकी नेतृ स्मृति ईरानीले मतदाताको मत जित्नुको रहस्य खोलेकी छिन् । 

नरेन्द्र मोदी नेतृत्वको सरकारकी केन्द्रीय मन्त्री ईरानीले शनिबार कोलकातामा भएको एक कार्यक्रममा मतदातालाई भोट बैंकका रुपमा प्रयोग नगरेकैले चुनाव जितेको बताएकी हुन् । 

उत्तरप्रदेशको अमेठी कांग्रेस आईको गढ क्षेत्र हो । तर त्यही क्षेत्रमा स्मृतिले राहुललाई ५६ हजार ३६ भोटले हराएकी थिइन् । 

केन्द्रीय कपडा तथा महिला एवं बालविकास मन्त्री ईरानीले भोका मानिसको मद्धतले राजनेता बन्ने तर तिनीहरुलाई सहयोग गर्न नपाए त्यो सहज परिस्थिति नहुने भन्दै ईरानीले आफूले उनीहरुलाई भोट बैंकका हिसाबले प्रयोग नगर्ने बताइन् । 

आफू उनीहरुसंग घुलमिल भई परिवारजस्तै तरिकाले रहन चाहने बताइन् । 

उनले पछिल्लो पाँच दशकदेखि जितिरहेको गान्धी परिवारबाट अमेठी छिनेको भन्दै आफूले राजनीतिमा कुनै फिल्मी कलाकारजस्तै नाटक गरेर नाटक नगर्ने बताइन् ।