भारतमा स्मृति इरानीका प्रचारकको गोली हानी हत्या - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

भारतमा स्मृति इरानीका प्रचारकको गोली हानी हत्या



काठमाडौँ -भारतको अमेठीस्थित बरौलिया गाउँका पूर्व प्रधान सुरेन्द्र सिंहको गोली हानेर हत्या गरिएको छ । शनिबार राति आफ्नै घरमा उनलाई गोली प्रहार भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

गोली प्रहारबाट घाइते भएका सिंहलाई उपचारका लागि लखनउ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । सुरेन्द्र सिंह अमेठीमा हालै लोकसभा चुनाव जीतेकी नेतृ स्मृति ईरानीका नजिकका व्यक्ति हुन् ।

लोकसभा चुनावमा सुरेन्द्रले स्मृति इरानीको प्रचारमा महत्त्वपूर्ण भूमिका निभाएका थिए । थुप्रै गाउँमा सिंहको प्रभाव बलियो थियो ।

यो घटनापछि अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ। घटनास्थलमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन भएका छन् ।