'स्मार्टपालिका' टप ५ मा पर्‍यो ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

‘स्मार्टपालिका’ टप ५ मा पर्‍यो !



स्मार्ट नेपाल बनाउने अभियानका साथ सुरु गरिएको नेपालकै नमुना प्रोजेक्ट स्मार्टपालिका सुरुवातको केही महिनामै आइसीटी अवार्डको टप ५ मा पर्न सफल भएको छ ।

सूचना प्रविधि सम्बन्धी म्यागेजिन लिविंग विथ आइसीटीले वार्षिक रूपमा गर्ने अवार्डको लागि स्मार्टपालिका प्रोडक्ट तर्फ अन्य सबैलाई पछि पार्दै टप ५ मा छनौटमा परेको हो । सूचना तथा प्रविधिमा सर्वोत्कृष्ट कम्पनी र प्रोडक्टलाई दिइने यो अवार्ड आइटी तर्फ नेपालकै ठुलो अवार्ड हो ।

स्मार्ट नेपालको अवधारणा अनुसार, प्रशासनिक सुधार तथा सरकारी कामकाजको सहजीकरण गर्नको लागि तयार पारिएको स्मार्टपालिका अवार्डमा पर्नु भनेको नेपालीको लागि गौरवको कुरा भएको कम्पनीका सीईओ मनोज भट्टराईले बताए ।

नेपाली युवा उद्यमीद्वारा स्मार्ट नेपाल बनाउने उदेश्यले अघि बढाइएको स्मार्टपालिकालाई अवार्ड जित्न भोटिङ गर्नुपर्ने भएकोले सबैको सहयोगको आवश्यकता भएको भन्दै भट्टराईले थपे यदि नेपाली युवाहरूले गरेको यो कामलाई हौसला र प्रोत्साहन गर्न चाहनुहुन्छ भने हामीलाई भोट गर्न अनुरोध गर्दछौँ ।

  • म्यासेजमार्फत भोट गर्नको लागी म्यासेज बक्समा गएर ICT P3 लेखेर ३३००१ मा पठाउनुहोस ।
  • इन्टरनेट मार्फत ictaward.org मा गएर भोटिङ गर्न सकिनेछ ।

के हो त स्मार्टपालिका ?

विश्वका धेरै देशहरूमा सुरु भैसकेको कम्प्युटर वा मोबाइलबाटै राज्य र जनताबिच हुने काम र योजनालाई झन्झट रहित तरिकाले सम्पादन गर्नु नै स्मार्टपालिका हो ।

हाल नेपालमा वेबसाइट र मोबाइल एप्लिकेसन मार्फत हरेक गाउँपालिका र नगरपालिकाका कामकाज र योजनालाई सहज बनाउने काम भइरहेको भट्टराईको भनाई छ ।

हाल नेपालका ७ नगरपालिका र गाउँपालिकामा लागु गरिसकिएको छ । साथै यस वर्ष अन्य धेरै नगरपालिका र गाउँपालिकामा लागु गर्ने पहल भइरहेको छ । सरकार र जनताले आफ्नो ठाउँमै बसेर हरेक जानकारी, सूचना, सिफारिस,कर तिर्ने र अन्य ४२ वटा काम यसबाटै गर्न सकिन्छ । यदि तपाईँको गाउँ नगरपालिकामा स्मार्टपालिका लागिसकेको छ भने ४२ वटा सरकारी कामकाजको लागि दफ्तर धाउनु पर्दैन ।

नेपालका हरेक स्थानीय निकायलाई सूचना तथा आधुनिक प्रविधिका माध्यमबाट सशक्त बनाई सिङ्गो नेपाललाई नै डिजिटल युगमा प्रवेश गराउने स्मार्टपालिकाको उद्देश्य रहेको पनि भट्टराइले बताए ।

स्मार्टपालिकालाई अवार्ड जिताउन भोट गर्नको लागि यी हुन् तरिका:-

  • म्यासेजमार्फत भोट गर्नको लागी म्यासेज बक्समा गएर ICT P3 लेखेर ३३००१ मा पठाउनुहोस ।
  • इन्टरनेट मार्फत ictaward.org मा गएर भोटिङ गर्न सकिनेछ ।