स्मार्ट लाईसेन्सको कन्तबिजोग ! - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

स्मार्ट लाईसेन्सको कन्तबिजोग !



बुटवलका दीपक आचार्यले एक बर्षअघि यातायात कार्यालय बुटवलमा स्मार्ट लाईसेन्सका लागि आवेदन दर्ता गराएका थिए ।

यातायात व्यवस्था विभाग कार्यालय मीनभवनमा भेटिएका उनले भने, अस्टे«लियाजने समय आईसक्यो अझै लाइसेन्स पाएको छैन ।

५ महिनापछि आउँछ भने थिए, १ बर्षसम्म पाईएन ।
विभागका कर्मचारीले केही दिनमा आउँछ भनेका छन् ।

ललितपुर लेलेखका सुजन तामाङले पनि स्मार्ट लाईसेनसका लागि आवेदन दिएको ९ महिना भईसक्यो ।

यातायात कार्यालय एकान्तकुनाबाट आवेदन दिएका तामाङलाई विभाका कर्मचारीले अझै एक महिना कुर्न भनेका छन् । जहिले गए पनि विभागबाट छापिएर आएकै छैन भन्छन् उनले भने ।

विभागले २०७३ मंसिर २० देखि स्मार्ट कार्डको दरखास्त लिएर पुस ३ देखि वितरण गर्न थालेको हो ।

प्रिन्टर्सले दैनिक ४ सयभन्दा बढी कार्ड छाप्न सकेको छैन । तीनओटा उपकरणबाट कर्ड छापिरहे पनि माग थेग्न नसकेको विभागका प्रवक्ता तुलसीराम अर्यालले बताए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।