स्मार्ट लाइसेन्स रद्द गर्न पत्राचार - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

स्मार्ट लाइसेन्स रद्द गर्न पत्राचार



काठमाडौं — यातायात व्यवस्था विभागका प्राविधिकहरुले सिस्टमकै दुरुपयोग गरी बिक्री गरेका सवारीचालक अनुमतिपत्र प्रदेश सरकारले रद्द गरेको छ ।

प्रदेश नम्बर ३ को भौतिक पुर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था सवारीचालक अनुमतिपत्र ललितपुरले यातायात व्यवस्था विभागलाई पत्र लेख्दै सिस्टमको दुरुपयोग गरी जारी गरिएका सबै लाईसेन्स रद्द गरिएको जानकारी दिएको छ ।

ललितपुर एकान्तकुना लाईसेन्स कार्यालयले मंसिर ५ गते विभागको नाममा पत्र लेख्दै कार्यालयको अभिलेखबाहेक विभिन्न मितिमा अनधिकृत ढंगबाट जारी भएका ६ सय ३५ वटा लाईसेन्स रद्द गरेको हो ।
विभागले नै आर्थिक प्रलोभनमा परी बिक्री गरेको लाईसेन्स सिस्टम विभागमै भएकाले कार्यालयले उसैलाई रद्द गर्न भनेको हो ।, आजको कारोवार दैनिकमा यो खबर छ ।