गणतन्त्र स्मारक तयार हुँदै - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

गणतन्त्र स्मारक तयार हुँदै



नारायणहिटी राजदरबारभित्र निर्माणधीन बहुप्रतीक्षित गणतन्त्र स्मारक अगामी गणतन्त्र दिवसको दिनदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक मणिराम गेलालले नारायणहिटी दरबारभित्र ३५ रोपनी जग्गामा निर्माणाधीन गणतन्त्र स्मारकको उद्घाटन अगामी वर्षको गणतन्त्र दिवस (२०७५ जेठ १५) का दिन गरी सर्वसाधारणका लागि खुला गरिने जानकारी दिनुभएको छ ।

यो स्मारकको उद्घाटन राष्ट्रपति वा प्रधानमन्त्री कोबाट गराउनेबारे अहिले तय भइनसकेको उहाँले बताउनुभयो ।

स्मारक निर्माणका लागि सुरुमा नारायणहिटी दरबारको ८२ रोपनी जग्गा उपलब्ध गराउने निर्णय भएको थियो ।  तर सुरक्षा संवेदनशीलता देखाउँदै नेपाली सेनाले ३५ रोपनी जग्गा मात्र उपलब्ध गराएको थियो । यो खबर हिमालपोष्टको लागि आजको गोरखापत्रबाट लिइएको हो ।