गायिका साकिरालाई कर छलेको आरोप - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

गायिका साकिरालाई कर छलेको आरोप



काठमाडौँ । कोलम्बियन गायिका साकिरालाई फेरि एक पटक कर छलेको आरोप लागेको छ । स्पेनका एक जना अभियोजकले उनलाई १ करोड ४५ लाख युरो (करिब १ अर्ब ८३ करोड रुपैयाँ) कर छलेको आरोप लगाएका हुन् ।

उनीमाथि सन् २०१२–१४ को समयमा बहामासमा बसेको समयमा दुई वर्षको कर नतिरेको आरोप लागेको हो । सो समयमा साकिरा पति जेरार्ड पिकेसँग बसेकी थिइन् । जेरार्ड स्पेनिस क्लब बार्सिलोनाबाट फुटबल खेल्छन् । अभियोजकको दाबी छ – उनको यो समयको कमाइबाट तिर्नुपर्ने कर स्पेनलाई नै तिर्नुपर्छ ।

साकिरामाथि यो वर्षको सुरुदेखि नै कर छलीको आरोप लाग्दै आएको थियो । साकिराले भने स्पेनको सरकारलाई तिर्नुपर्ने सबै रकम आफूले तिरेको बताएकी छिन् । उनी आजभोली अमेरिकामा बस्दै आएकी छिन् । सम्पूर्ण साप्ताहिकबाट ।