जोरविजोरको सवारीको अवज्ञा ! - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

जोरविजोरको सवारीको अवज्ञा !



काठमाडौं । सरकारले एउटा आइएनजीओको कार्यक्रम सफल पार्न काठमाडौं उपत्यकालाई पूरै प्रभावित पार्ने गरी लगाएको यातायातको जोरविजोर प्रणालीको शुक्रबार पनि विरोध भइरहेको छ ।

बिहीबार पनि युथ कंग्रेस नेपालको आब्हानमा माइतीघर मण्डला लगायतका स्थानमा विरोध भएको थियो । प्रहरीले हस्तक्षेपसमेत गरेको थियो ।

हिन्दूधर्ममाथि ठाडो प्रहार भएको भन्दै हिन्दूवादी संघसंस्था पनि तातेका छन् ।

‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को कार्यक्रमका नाममा बिहीबारदेखि आइतबारसम्म जोरविजोर प्रणाली लागु गरेर जनतालाई दुःख दिएको भन्दै सामाजिक संजालमा समेत चर्को आलोचना भइरहेको छ ।

शुक्रबार बिहान ८ः३० बजे ज्ञानेश्वर चोकबाट जोर विजोर प्रणालीको अवज्ञा स्वरुप बृहत वाईक र्यालीको आयोजना गरिएको युथ कंग्रेसले जनाएको छ ।

जनतलाई अनावश्यक दुःख दिएको भन्दै सरकारको विरोध गर्दै र्याली निकालिएको आयोजकले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालयले बिहीबार र शनिबार बिजोर तथा शुक्रबार र आइतबार जोर गाडी चलाउन आग्रह गरेको छ । तर भनिएको छ कि अत्यावश्यक र शैक्षिक संस्थाका सवारी चलाउन रोक लगाइने छैन । सवारी चलेका बेलामा एम्बुलेन्स नै मोड्नु पर्ने भए पछि के को जोरविजोर भन्दै आलोचनासमेत भएको छ ।