कस्तो अचम्म : ६ रन मै अल आउट - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

कस्तो अचम्म : ६ रन मै अल आउट



एजेन्सी – तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ । टी ट्वान्टी क्रिकेटमा कुन टिम कतिमा अल आउट हुन सक्ला ? पक्कै धेरैको अनुमान १० रन भन्दा माथिको हुन सक्छ । तर टी ट्वान्टी क्रिकेटमा मालीको महिला क्रिकेट टिम मात्र ६ रनमा अल आउट भएको छ ।

यो महिला क्रिकेटमा सबैभन्दा कम स्कोर हो । आईसीसीको मान्यताप्राप्त अन्तर्राष्ट्रिय प्रतियोगिता क्विबुका महिला टी ट्वान्टी क्रिकेट प्रतियोगितामा टस जितेर पहिला ब्याटिङ थालेको मालीको महिला क्रिकेट टिम रुवान्डासँग मात्र ९ ओभरमा ६ रनमा अल आउट भएको हो । उसका १० खेलाडी डक आउट भए ।

एक मात्र खेलाडीले खाता खोलेका थिए । मालीले ९ ओभर ब्याटिङ गर्दा ओपनर मरियम समाकेले १ रन जोडन् । मालीले प्राप्त गरेको ५ अतिरिक्त रन भने २ लेग बाई, २ बाई र १ वाइडमा थियो ।

जवाफमा ७ रनको लक्ष्य रुवान्डा महिला क्रिकेट टोलीले ४ बलमै पुरा गर्यो । अर्थात १ सय १६ बल अगाडी खेल जितेको थियो । जुन विश्व कीर्तिमान समेत हो । यसअघि कम स्कोरको कीर्तिमान चीनले यूएईविरुद्ध थाइल्याण्डमा भएको टि-२० समासको १४ रनको रहेको थियो ।