कृष्ण सिटौला अचानक बिरामी : आईसीयूम राखियो - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

कृष्ण सिटौला अचानक बिरामी : आईसीयूम राखियो



काठमाण्डाै – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना हुनु भएकाे छ ।

स्वास्थ्यमा अचानक गडबडी भएपछि उहाँ शुक्रबार साँझ धुम्बाराहीमा रहेकाे ह्याम्स अस्पताल भर्ना हुनु भएकाे हाे । आईसीयूमा राखेर उहाँकाे उपचार भइरहेको छ । उहाँका सहयोगी किरण सिटौलाका अनुसार चिकित्सकहरुले रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र प्रेसरसमेत घटेको बताएका छन् ।

डाक्टर भगवान कोइरालासहितको टिमले उहाँको उपचार गरिरहेको छ। रगतको मात्रा बढाउनका लागि अहिले नेता सिटौलालाई रगत दिइँदै गरिएको सांसद  तथा कांग्रेस नेता भिमसेनदास प्रधानले जानकारी दिनुभयाे ।