ठुलो दुर्घटनाबाट जोगियो सिता एयरको जहाज - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

ठुलो दुर्घटनाबाट जोगियो सिता एयरको जहाज



सुर्खेत- साँझ सीता एयरको जहाज ठुलो दुर्घटनाबाट जोगिएको छ । सुर्खेतबाट काग्रो लिएर सिमकोट विमानस्थल पुगेको सिता एयरको ‘नाईन-एन-ए-एच-डी’ डोनिएर जहाज दुर्घटनाबाट जोगिएको हो।

हुम्लामा बुधबार टायर पन्चर भएपछि डोनियर विमान अवतरण गरी पार्किङस्थलतर्फ जाँदै गर्दा पन्चर भएको थियो। नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाका अनुसार टायर पन्चर भएपछि जहाज रनवेमै घिस्रेको थियो।

जहाज अवतरण गरेर पार्किङस्थलमा जाँदै गर्दा टायर पन्चर भएको बताइएको छ । उच्च सावधानी अपनाएका कारण जहाज ठूलो दुर्घटनाबाट जोगिएको थियो । जहाजको पछाडिको टायर पन्चर भएपछि जहाज रनवेमै घिस्रेको थियो।

रनवेमै रोकिएको जहाजलाई त्यहाँ स्थानीयहरूले धकेलेर पार्किङस्थलसम्म ल्याइएका थिए । टायर पन्चर भए पनि जहाजमा क्षति भने नपुगेको नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाले जनाएको छ ।