९ महिने शिशुको बलात्कार गरी घाँटी थिचेर हत्या - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

९ महिने शिशुको बलात्कार गरी घाँटी थिचेर हत्या



आईतबार साँझ महोत्तरीको औरही नगरपालिका वडा नं. १ स्थित आफ्नै फैन्सी पसलमा खेलिरहँदा एक अज्ञात व्यक्तिले बालिकालाई चोरेर भागेका थिए । सोमबार दिउँसो खोजतलासमा निस्केका स्थानीयहरु भँगहा नगरपालिका वडा नं. ७ मेघनाथ गोरहन्ना स्थित आँपको बगैँचामा शव फालिएको अवस्थामा फेला परेको हो ।

पोष्टमार्टम गरेका चिकित्सकले समेत अनौपचारिक रुपमा बलात्कार भएको बताएपनि पोष्टमार्टमको अधिकारिक रिपोर्ट नआउन्जेल शंका मात्र भन्न सकिने बताइएको छ ।

शवको प्रकृति हेर्दा बलात्का गरिएको बुझिएपनि अधिकारिक पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र पूर्णत पुष्टि र अधिकारिक मानिने जनाइएको छ ।

शव फेला परेपछि पोष्टमार्टमको लागि जलेश्वर अस्पतालमा लगिएको तथा चिकित्सकले ती ९ महिने शिशुलाई बलात्कार गरी घाँटी थिचेर हत्या गरिएको देखिएको छ, तर औपचारिक पुष्टि भने भइनसकेको छ ।

शिशु उपर बलात्कार गरेर हत्या गरिएको आशंका जिल्ला प्रहरी कार्यालय महोत्तरीले गरेको छ । अधिकारिक पुष्टि हुन बाँकी छ ।