सिस्टरहुडको चौथो वार्षिकोत्सव,आसाह्य वालबालिकाको लागि शैक्षिक सामाग्री एवं खाद्यान्न वितरण - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

सिस्टरहुडको चौथो वार्षिकोत्सव,आसाह्य वालबालिकाको लागि शैक्षिक सामाग्री एवं खाद्यान्न वितरण



बुटवल :समाज सेवा गर्नको लागी स्थापना गरिएको सिस्टरहुडले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा देशका विभिन्न स्थानहरूमा कार्यक्रमहरू गरेको छ।

चितवनमा रहेको “सहाराको घर”, इटहरीमा रहेको “निसहय बालबालिका सेवा आश्रम” का बालबालिकाहरूलाई  शैक्षिक सामाग्री एवं खाद्यान्न वितरण गरेको छ।

आफ्नो चौथो बार्षिकउत्सवकाे अवसरमा धनकुटा ६ मा रहेको “मार्गेस्वरी डिफ रेसिडेन्टल एरिया” , मोरङ उर्लाबारीको “नमुना बाल गृह”मा रहेका बालबालिकाहरूलाई लत्ताकपडा, टोपी, मोजा, ट्राउजर, म्याट वितरण गरेको छ।

“सामाजिक सञ्जाल फेसबुक ग्रुपमा चालिस हजार सदस्य छौ ती सबै सदस्यहरूको सक्रियतामा नै काम भइरहेको छ। आफ्नो सानो सहयोग नै किन नहोस् जसले कसैको मुहारमा हाँसो पैदा गर्दछ भने त्यो काम गर्नु पर्दछ, त्यो नै मानव जीवनको सर्वोत्तम धर्म हो।” सिस्टरहुड कि एड्मिन शुस्मा पन्थ बताउछिन।