सिर्जनशील बाल क्लबको आयोजनामा देवकलियामा सरसफाई - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सिर्जनशील बाल क्लबको आयोजनामा देवकलियामा सरसफाई



ललित जाग्री / केशब बोहरा
देवकलिया, कैलाली । सिर्जनशील बाल क्लबको आयोजनामा कैलालीको घोडाघोडी नगरपालिका – ५ देवकलियाको राष्ट्रिय माध्यमिक विद्यालय क्षेत्र भित्र सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

सिर्जनशील बाल क्लबकी अध्यक्ष सुश्री बिनिता चौधरीको अध्यक्षतामा राष्ट्रिय माध्यमिक विद्यालय देवकलिया देखि महोन्याल मन्दिर परिसर सम्मको सडकमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा बाल क्लबका पदाधिकारी, समाजसेवी, विद्यार्थी लगायत स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सरसफाई कार्यक्रममा अध्यक्ष चौधरीले सडक छेउमा गाईबस्तु नबाँध्न र सडक छेउका ब्यापारीहरु लाई सडकमा जथाभावी फोहोर नफाल्दिन् समेत अनुरोध गरेकी छिन् ।