काठमाडौंलाई स्वीट्जरल्यान्ड भन्दा राम्रो बनाउँछु: सिर्जना सिंह - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

काठमाडौंलाई स्वीट्जरल्यान्ड भन्दा राम्रो बनाउँछु: सिर्जना सिंह



काठमाडौं- नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहले इटली, पेरिस र स्वीट्जरल्यान्डभन्दा पनि काठमाडौं घुम्न जाऔं भन्ने बनाउने बताएकी छिन्।

बुधबार आयोजित ‘वर्तमान अवस्थामा तरुण दलको भूमिका’ कार्यक्रममा उनले भनिन्, ‘हामी विदेशमा घुम्न जान्छौँ। कोही इटली जान्छौं, कोही पेरिस, कोही स्वीट्जरल्यान्ड घुम्न जान्छौं। अब त्यो होइन, बाहिरका मान्छेहरुचाहिँ काठमाडौं घुम्न जाऔं भनेर पर्यटकीय गन्तव्यस्थल बनाउने मेरो ठूलो योजना छ।’

आफूले सो वाचा पूरा गरेरै छाड्ने सिंहले बताइन्। विश्व सम्पदा सूचीमा परेको भए पनि काठमाडौं सहरमा फोहोर र प्रदुषण भएको भन्दै उनले त्यसलाई हटाउने बताइन्।

काठमाडौं संस्कृति, सम्पदा र बाजागाजाको सहर भएको उनले चर्चा गरिन्। यहाँको गुठीलाई व्यवस्थित तरिकाले संरक्षण र उजागर गर्ने उनको भनाइ छ। उनले काठमाडौं सहर एकदम सुन्दर सहर, राम्रो सहर भनेर देखाउन चाहेको पनि बताइन्।

‘यहाँको नदीनाला त्यतिकै विकराल छ। हाम्रो बाहरुले भन्नुहुन्छ, हामी बच्चामा हुँदा यो काठमाडौंमा विष्णुमतीमा पौडी खेल्थ्यौं। बागमतीमा पौडी खेल्थ्यौं। अहिले त एक सय मिटर अगाडिबाटै गन्ध आएर त्यहाँ जान सक्ने अवस्था छैन। त्यसका लागि म लाग्नेछु,’ उनले भनिन्।