सिरहाको सहिद चोक नजिक बजारमा प्रेसर कुकुर बम बिस्फोट ,१ जना गम्भीर घाइते
सिरहा । सिरहाको लहान नगरपालिका स्थित सहिद चोक नजिक बजारमा प्रेसर कुकुर बम बिस्फोट भएको छ ।
बम बिस्फोटबाट अनिल अग्रवाल गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते अग्रवालको छातिमा चोट लागेको छ ।
लहानको सहिद चोकमा रहेको शुभलक्ष्मी स्टोर अगाडि बोरामा बेरेर राखेको बम बिस्फोट भएको ईलाका प्रहरी कार्यालय लहानका डीएसपी गणेश चन्दले जानकारी दिए ।
बम कसले र किन राखेको भन्ने खुलेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ । चौबिसै घन्टा सुरक्षाकर्मीको गस्ती हुने र प्रहरी ड्युटी बस्ने स्थानमै बिस्फोट भएकोले स्थानीय त्रसित बनेका छन् ।
करिब २ महिना अगाडि पनि सहिद चोकको अग्रवालको साइकल स्टोरमा शक्तिशाली बम बिस्फोट भएको थियो । ब्यबसायीलाई लक्षित गरेर निरन्तर बिस्फोटका घटना भएपछि ब्यापारीहरु आतंकित भएका छन् ।