सिरहाको घुर्मीपुलबाट एक केजी ७५७ ग्राम ७२० मिलीग्राम सुनसहित छ जना पक्राउ - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

सिरहाको घुर्मीपुलबाट एक केजी ७५७ ग्राम ७२० मिलीग्राम सुनसहित छ जना पक्राउ



आलोक यादव /सिरहा ।

सशस्त्र प्रहरीको टोलीले आज बिहान करीव दुई बजे सिरहाको गोलबजार नगरपालिका ९ स्थित पूर्व पश्चिम लोकमार्गको घुर्मीपुलबाट एक केजी ७५७ ग्राम ७२० मिलीग्राम सुनसहित छ जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा सिराहा नम्बर ७ गणबाट खटिएको टोलीले काठमाडौंतर्फ जाँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कार्पियो जिप चेकजाँच गर्दा उनीहरुमध्ये सोही जिल्लाको लाहान नगरपालिका १९ बस्ने ३२ वर्षिय गाडी चालक मोहमद रियाज राईमको साथबाट ४ थान वाला र ३ वटा काचो सुन, सोही ठाउँ बस्ने २८ वर्षिय मोहमद अमिरुलको साथबाट एउटा वाला र सोही ठाउँ बस्ने ४५ वर्षिय कैयुम राईमको साथबाट एउटा वाला फेला परेपछि उनीहरुलाइ पक्राउ गरेको हो ।

त्यसवेला उनीहरु सँगै सो गाडीमा सवार सोही ठाउँ बस्ने ४२ वर्षिय मोहमद हकिम, २४ वर्षिय मोहमद रहमान र सप्तरी जिल्लाको खड्क नगरपालिका ३ बस्ने १८ वर्षिय मोहमद अफ्रोजलाई समेत प्रहरी टोलीले पक्राउ गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

सशस्त्र प्रहरीको टोलीले उनीहरुको साथबाट नगद ३४ हजार ५ सय रुपैयाँ र ६ थान मोवाइल सेट समेत बरामद गरेको छतकुलीले जानकारी दिए ।