नक्कली सुन बिक्रि गर्ने भारतीय पक्राउ - Himal Post Himal Post
  • १३ बैशाख २०८२, शनिबार
  •      Sat Apr 26 2025
Logo

नक्कली सुन बिक्रि गर्ने भारतीय पक्राउ



आलोक यादव, सिरहा । नक्‍कली सुनलाई सुन भन्दै ठग्न नेपाल प्रवेश गरेका तीन भारतीयलाई सिरहा प्रहरीले बुधबार पक्राउ गरेको छ। प्रहरीले उनीहरुलाई सीमावर्ती नवराजपुर गाउँपालिका ४ बाट पक्राउ गरेको हो।

२ किलो २ सय ३४ ग्राम तौलको इंटा आकारमा अन्य धातुबाट सुनजस्तै बनाएको वस्तुसहित भारतीय मधुबनीका रामसेवक पासमान, नथुनी राम र दिपु सिंहलाई पक्राउ गरेको सिरहाका प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीले उनीहरुले प्रयोग गरेको स २प ८१८० नेपाली र बीआर३२एन ५३८९ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।एसपी श्रेष्ठका अनुसार पक्राउ गर्ने क्रममा उनीहरुले प्रहरीसँग अभद्र व्यवहार गरेका छन्। ‘सुनचाँदी व्यवसायीलाई ल्याएर जाँच गराउँदा नक्‍कली सुन ठहरियो’, एसपी श्रेष्ठले भने,’उनीहरुमाथि सार्वजानिक अपराधको मुद्दा चलाइएर अनुसन्धान गर्दैछौँ ।’

नेपाल पसेर उनीहरु गाउँघरमा गई सुन भनेर नक्‍कली सुन बनाएर आएका थिए। पक्राउ परेका साथबाट बरामद भएको नक्‍कली सुनलाई उनीहरुले ८० लाख रुपैयाँ मुल्य तोकेर मोलमोलाई गर्दै हिँडेका थिए।