प्युठानमा कांग्रेस प्रवेशको लहर: सिङ्गो गाउँसहित सयौँले गरे पार्टी प्रवेश - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

प्युठानमा कांग्रेस प्रवेशको लहर: सिङ्गो गाउँसहित सयौँले गरे पार्टी प्रवेश



प्युठान- प्युठानमा विभिन्न पार्टी परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गर्नेको लहर नै चलेको छ । पछिल्लो एक सातामा मात्रै ३ सय १७ जना कांग्रेसमा प्रवेश गरेका छन् ।

यहि शुक्रबार मात्रै गौमुखि गाउँपालिकाको दलित बस्ती बाग्लीबाङमा आयोजित कार्यक्रममा १८६ घरको एउटा सिङ्गो गाउँ नै कांग्रेसमा प्रवेश गरेको छ ।

प्युठान कांग्रेसले फरक अभियान चलाउँदै गाउँ र बस्तीमा पुग्ने अभियान ल्याएपछि एकाएक कांग्रेसमा प्रवेश गर्नेको संख्या बढेको हो ।नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष प्राध्यापक डा. गोविन्दराज पोख्रेल, पार्टी सभापति अमर भण्डारी, पुर्व सभापति शालिग्राम पण्डित, सुवास केसी, गाउँपालिका अध्यक्ष विष्णु गिरी, शिव रिजाल, नविलविक्रम शाह लगाएतको टोली अभियानमा खटेको छ ।

‘गाउँ जाउँ, गाउँमै रमाउँ, समय संगठनमा लगाउँ’ अभियान निकै प्रभावकारी बनेको प्युठान जिल्लाका नेताहरूएल बताएका छन् । पछिल्लो पटक यो अभियानलाई विकट बस्ती र टोलसम्म पुर्याउने योजना पार्टीले बनाएको छ ।

एक साताभित्र सरुमारानी, गौमुखी, ऐरावती र मल्लरानी गाँउपालिकाका विकट बस्तीबाट ३ सय १७ जना पार्टी प्रवेश गरेको नेपाली कांग्रेस प्युठानले जनाएको छ ।

त्यस्तै सरुमारानी, ऐरावती, नौवहिनी र माण्डवी गाउँपालीकामा समेत ठूलो संख्यामा कांग्रेसमा प्रवेश गरेको बताइएको छ ।