अब सिंहदरबार छिर्न नपाइने - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

अब सिंहदरबार छिर्न नपाइने



काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारी पदाधिकारी, कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा आवश्यक सतर्कताका लागि बुधबारबाट सिंहदरबार प्रवेशमा कडाइ गरिएको गृह मन्त्रालयले स्पष्ट पारेको छ ।

वर्तमान तथा पूर्वसरकारी पदाधिकारी, सांसद र सरकारी कर्मचारीले अनावश्यक व्यक्ति आफूसँंगै प्रवेश गराउने तथा अत्यावश्यक कामबाहेक अन्य व्यक्तिलाई प्रवेशमा रोक लगाइएको छ । सञ्चारकर्मीका लागि सूचना विभागको प्रेस पास अनिवार्य गरिएको छ ।

सर्वसाधारण सेवाग्राहीका लागि विभिन्न मन्त्रालयबाट जारी हुने ई–गेट पास सेवा अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको छ । सिंहदरबार प्रवेश गर्नेहरूका लागि स्वचालित सीसी थर्मगनबाट ज्वरो नाप्ने व्यवस्था गरिएको गोरखापत्रले लेखेको छ ।

सिंहदरबार परिसर सुरक्षामा परिचालित प्रहरी सुरक्षा गणका प्रमुख सुवास बोहराले बुधबारबाट अनावश्यक व्यक्तिको प्रवेशमा रोक लगाइएको बताए । उनले प्रवेशद्वारमा पीपीई पोसाकसहितका सुरक्षाकर्मी खटाई सुरक्षा तथा स्वास्थ्य सतर्कता अपनाइएको जानकारी दिए ।