बैठकबाट बाहिरिए प्रकाशमान: साझा उम्मेदवारको कुरा मिलेन - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

बैठकबाट बाहिरिए प्रकाशमान: साझा उम्मेदवारको कुरा मिलेन



काठमाडौं । संस्थापनइतर समूह फेरि पनि साझा उमेदवार तय गर्न असफल भएको छ ।

शुक्रबार साँझ महाधिवेशनको उद्घाटन समारोह सकिएपछि बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको भेला साझा उमेदवार तय गर्न असफल भएको हो ।

कुरा नमिल्ने देखिएपछि प्रकाशमान सिंह बैठकस्थलबाट बाहिरिएका छन् ।

शेखर कोइराला र डा. शशांक कोइरालाले रामचन्द्र पौडेललाई समर्थन गर्ने बताएपनि सिंहले अडान नछोडेपछि साझा उमेदवार तय गर्न पौडेल समूहलाई सकस परेको छ ।