जिल्ला प्रहरी कार्यालय कैलालीद्बारा टीकापुरका प्रमुख प्रहरी नायब उपरिक्षक सिंह सम्मानित - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

जिल्ला प्रहरी कार्यालय कैलालीद्बारा टीकापुरका प्रमुख प्रहरी नायब उपरिक्षक सिंह सम्मानित



लोकेन्द्र रावल / टिकापुर ।

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरिक्षक शिब बहादुर सिंह सम्मानित हुुुुनु भएको छ।

सिंहलाई जिल्ला प्रहरी कार्यालय कैलालीले आन्तरिक शान्ति सुरक्षा व्यबस्थापन र लागु औषध नियन्त्रणमा अहम भूमिका खेलेको भन्दै मंगलबार सम्मान गरिएको हो ।‘यो सम्मानले हौसला बढाएको छ । स्थानीय सबैको साथ पाएर शान्ति सुरक्षा होस् या लागु औषध नियन्त्रण मा धेरै हदसम्म सफल भएको महशुस सबैले गरेका छन् । ’ सिंहले भन्नुभयो ,‘ शान्ति सुरक्षामा सबैको भूमिका हुनुपर्छ । ’

उहाँले आफु प्रमुख भएर आएपछि एक सय ४७ वटा कार्यक्रम गरेको बताउनुभयो । ‘३८ वटा टोल गठन भएका छन् भने करिब सात सय ५० जना बिद्यार्थीलाई लागु औषध सेवनमा पक्राउ गरी अभिभावकको जिम्मा लगाएको छौं भने केहीलाई कारबाही अघि बढाएका छौ ,’ सिंहले भन्नुभयो । टीकापुरमा प्रहरी प्रमुख भएर आएपछि सिंहले धेरै सुधार गरेको आम जनताले महशुस गरेका छन् ।

‘पछिल्लो समय शान्ति सुरक्षामा धेरै राम्रो वातावरण बनेको छ,’ नेपाली कांग्रेसका क्षेत्रीय सदस्य माहन्त साउँदले भन्नुभयो ,‘ प्रहरीले चाह्यो भने सुधार हुन्छ यसमा हामीले पनि पूर्ण सहयोग गरेका छौ ।’ उहाँले सधैं साँझै लूटपाट हुने गरेको थियो यतिखेर कम भएको सबैले महशुस गरेका छन् भन्नु भयो ।