सिन्डिकेटवाला लाई झड्का, मयुर यातायातले सय गाडी थप्ने - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

सिन्डिकेटवाला लाई झड्का, मयुर यातायातले सय गाडी थप्ने



मयुर यातायातलाई रुट इजाजत दिएको भन्दै कोटेश्वर पूर्व यातायात समन्वय समितिले चक्का जाम गरेपछि यातायात व्यवस्था विभागले सो रुटमा नयाँ गाडीलाई परमिट दिने भएको छ ।

सर्वसाधारणले दुख पाएकाले आफूहरु नयाँ कदम चाल्न बाध्य भएको विभागका महानिर्देशक रुपनारायण भट्टराइले जानकारी दिए ।

आज कोटेश्वर पूर्व यातायात समन्वय समितिमा आवद्ध १३ मध्ये २ वटा समितिले मात्र गाडी चलाएको उनले जानकारी दिए । काठमाण्डुबाट धुलिखेलसम्म ठूला गाडी संचालन गर्न चाहने व्यवसायीहरुलाई अस्थाई वा स्थाई जुन रुट मागेपनि दिने उनले जानकारी दिए ।

‘चक्काजाम गरेर उनीहरुले माग सम्वोधनका लागि दवाव दिएका होलान् तर हामीले नयाँ कदम चालेका छौँ, सर्वसाधारणले राम्रो सेवा पाउने सम्वन्धमा सम्झौता हुँदैन’ उनले भने ।

त्यस्तै गाडी नचलाउने व्यवसायीको रुट परमिट खारेज गर्ने प्रकृया पनि चलिरहेको उनले बताए । उता, मयुर यातायातका अध्यक्ष मोहन बहादुर श्रेष्ठले पुराना व्यवसायीले चक्का जाम गरिरहे आफुहरुले नै अरु गाडी थप्न सक्ने बताए ।

‘हामीसँग अर्को १ हप्ता भित्र थप सय वटा गाडी चलाउन सक्ने क्षमता छ’ उनले भने । मयुर यातायातले चैत १ देखि ४२ सिट क्षमतासम्मका २४ वटा गाडी सञ्चालनमा ल्याएको थियो । यी बस चक्रपथ परिक्रमा गर्दै बनेपासम्म गुड्छन् ।

यी गाडीमा वाईफाई तथा टिभीको सुविधा समेत रहेको छ । त्यस्तै, गम्भीर अपांग तथा ७० वर्ष माथिकालाई निःशुल्क सेवा दिइरहेको छ । यी बसले धेरै सेवा सुविधा दिएको विरोधमा अन्य व्यवसायीले विरोधका कार्यक्रम गरेका हुन् ।