सिन्डिकेट बिरुद्द सिटी मेट्रो, अन्नपूर्ण र शिबदर्शन पनि तयार - Himal Post Himal Post
  • १५ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 27 2025
Logo

सिन्डिकेट बिरुद्द सिटी मेट्रो, अन्नपूर्ण र शिबदर्शन पनि तयार



सरकारले धुलिखेसम्मको नयाँ रुट इजाजत खुला गरेपछि ५ वटा कम्पनीले इच्छा देखाएका छन् । त्यसमध्ये साझा यातायातले पटके अनुमति लिएर सेवा नै थालेको छ ।

मयुरलार्इ इजाजत दिएको बिरोधमा काटेश्वरपूर्वका ११ वटा समितिले यातायात सेवा अवरुद्ध गरेपछि सरकारले आक्रमक रुटमा धुलिखेलसम्म जो आएपनि रुट दिने निर्णय गरेको छ ।

 

योसँगै साझासँगै सिटी मेट्रो यातयात, अन्नपूर्ण यातायात, शिवदर्शनले पनि सो रुटमा जान इच्छा देखाएका छन् । मयुर र मध्यउपत्यका यातायातले सो रुटमा अहिले पनि सेवा दिइरहेका छन् ।

विभाग स्रोतका अनुसार सिटी मेट्रो, अन्नपूर्ण र शिवदर्शनका बसहरु पनि बनेपासम्म जान तयार भएका छन् । उनीहरुले रुट लिने प्रक्रिया सुरु गरेका छन् । विभागले भोलिसम्म इजाजत दिएर सबै कम्पनीका बसलाई धुलिखेलसम्म पठाउने भएको छ ।

‘महासंघ सम्बद्ध ब्यवसायीहरु पनि रुट इजाजत लिन इच्छुक हुनुहुन्छ,’ विभागका एक अधिकारीले भने,’सिन्डिकेटको पक्षमा बस रोक्नेहरुको अनुमति पनि खारेज हुन्छ ।’