सिन्धुपाल्चोकमा फेरि आयो भीषण पहिरो: १८ घर पुरिए, दर्जनौँ बेपत्ता
काठमाडौं- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा पहिरो जाँदा कम्तिमा १८ घर पुरिएका छन् । गत राति आएको पहिरोले भीरखर्क, नागपुच्छे र किम्बे गाउँ क्षेत्रमा क्षति पुर्याएको छ ।
खहरे खोलामा बाढीसहित आएको पहिरोले घरहरु बगाएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।
राति करिब २–३ बजे पहिरो गएको र यसबारे थप विवरण आउन बाँकी रहेको छ । प्रहरीहरु घटनास्थल जाँदैछन् ।
यो वर्ष सिन्धुपाल्चोकमा पटक–पटक गएको बाढी र पहिरो कारण ठूलो धनजनको क्षति भएको छ ।