सिमकार्डमा हुन्छ सुन, यसरी सकिन्छ निकाल्न(भिडियो सहित) - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

सिमकार्डमा हुन्छ सुन, यसरी सकिन्छ निकाल्न(भिडियो सहित)



टेलिकम कम्पनीहरूको प्रतिस्पर्धाले मोबाइल फोनको सिम कार्ड सागसब्जी भन्दा सस्तो भैसकेको छ । यस्ता सस्ता सिमकार्डमा महँगो धातु सुन हुन्छ भन्दा अनौठो मान्नुहोला । तपाईँको कपालको रौं भन्दा पातलो सुनको मात्रा यस्ता सिमकार्डमा हुन्छ ।

सुनमा हुने राम्रो इलेक्ट्रिकल कन्डक्टिभिटी र लचकताका कारण सिम कार्ड लगायत इलेक्ट्रोनिक्स उपकरणमा यसको प्रयोग हुने गरेको छ । कम्प्युटर मदरबोर्ड, प्रोसेसर, र्याम, एलसिडी टिभी, मोबाइलको बोर्ड लगायतमा सुनको प्रयोग हुन्छ ।

पुराना सिम कार्ड त्यसै फ्याँकिन्छन् । तिनलाई संकलन गर्दै जाने हो भने सानो परिमाण जोड्दै अलिकति भएपनि सुन जम्मा गर्न सक्नुहुन्छ । सिमकार्डबाट सुनलाई कसरी छुट्टाउन सकिन्छ त ?

एजेन्सीहरूको सहयोगमा तयार पारिएको सुन निकाल्ने प्रकृया यस्तो छ । ६० ग्राम तौल भएको सिमकार्डवाट सुन निकाल्न थाल्नुस् ।

१. सिमकार्डहरूलाई कुनै कराईमा राखेर बढी आँचमा तताउने । यसरी तताउदा सिमकार्डमा भएको प्लाष्टिकहरू सबै जलेर खरानी हुन्छ । तपाईले माथीवाट आगो बालेर पनि सिमकार्डलाई जलाउन सक्नुहुन्छ ।

२. खरानी भएको सिमकार्डलाई बिस्तारै कुट्ने जसको कारण ठुला टुक्राहरू धुलोजस्तो हुन्छन् ।

३. उक्त धुलोलाई बिकरमा हालेर १ सय मिलिलिटर हाइड्रोलिक एसिड हालेर छोप्ने । उक्त घोललाई हल्का आँचमा तताउने । बिस्तारै तात्न थालेपछि त्यसमा १ दशमलव ५ मिलिलिटर नाईट्रिक एसिड हाल्ने अनि बिस्तारै तताउदै हल्लाई रहने ।

४. ३० मिनेट पछि ७५ मिलिलिटर हाईड्रोक्लोरिक एसिड र १ दशमलव ५ मिलिलिटर नाईट्रिक एसिड मिलाउने । यो मिलाएपछि विकरमा केही रासायनिक प्रतिक्रिया हुन थाल्छ ।

५. आगोलाई मिडियम रेन्जमा राखेर उक्त सामग्रीलाई तताउने । एक घन्टा पछि त्यसमा फेरी १ मिलिटिर नाईट्रिक एसिड हाल्ने अनि

त्यहाँ पूनः रासायनिक प्रतिक्रिया हुनथाल्छ ।

६. त्यसमा फेरी ७५ मिलिलिटर हाइड्रोक्लोरिक एसिड र १ दशमलव ५ मिलिलिटर नाइट्रिक एसिड हालेर सबै घोललाई राम्ररी हल्लाउने । त्यसपछि उक्त घोल पहेलो रंगमा परिणत हुन थाल्छ ।

७. १५ मिनेट तताएपछि उक्त घोलको स्टेनोअस क्लोराईड परिक्षण गर्न कागजको सानो टुक्राहरूलाई घोलमा हालेर स्टेनोअस हाल्ने । जबसम्म सुनौलो रंग आउदैन तबसम्म तताउदैं उक्त परिक्षण गरिरहनुपर्छ । यदी यो रंग आएन भने पूनः १ दशमलव ५ मिलिलिटर नाइट्रिक एसिड मिलाउने हल्का आँचमा आधा घन्टा तताउने, त्यसको आधा घन्टा पछि १ मिलिटिर नाइट्रिक एसिड मिसाउने ।

८. तातेको उक्त केमिकललाई चिसो हुन दिने । चिसो बनाउन आइसको पनि प्रयोग गर्न सकिन्छ । सेलाएपछि छानेर अर्को विकरमा हाल्ने र त्यसमा एमोनियम थायो साइनेट दुइ थोपा हाल्ने । यदी उक्त केमिकल रातो भएमा त्यसमा आईरनको मात्रा बढी छ भन्ने थाहा हुन्छ ।

९. उक्त घोललाई पूनः हल्का आँचमा ६ देखि ७ घन्टासम्म तताउने । यसरी तताउदा उक्त घोल १ सय मिलिटिर मात्र हुन्छ । उक्त घोलामा शुन्य दशमलव ५ मिलिलिटर हाइड्रोक्लोरिक एसिड मिलाउने र कागजको टुक्रा मिसाएर स्टेनोअस हालेर परिक्षण गर्ने । एक पटक फेरी उक्त घोलमा ३० मिलिलिटर हाइड्रोक्लोरिक एसिड मिसाएर १ घन्टासम्म तताउने ।
अनि घोललाई चिसो हुन दिने ।

१०. उक्त घोलमा एक चम्चा सोडियम मेटाबाईसल्फाइट हालेर घोल्ने र उक्त घोललाई कागजले छान्ने । छानेर रहेको कागजमा बोरेक्स पाउडर हालेर एक कराईमा बर्नरको मद्धतले तताउने । जबसम्म कराईमा मेटेरियल सकिदैन तबसम्म तताईरहने ।

११. मेटेरियल सकेपछि त्यसमा शुन्य दशमलब १ ग्रामका टुक्राहरु देखा पर्न थाल्छ । जुन सुन हो । यसलाई पानीमा हालेर चिसो हुन दिने । यदी एक किलो सिमकार्डलाई यो प्रोसेसबाट काम गर्ने हो भने करिब १ दशमलव ६४ ग्राम सुन आउँछ ।