सिंहदरबार बालात्कारी र भ्रष्टाचारीहरुलार्इ संरक्षण गर्ने अड्डा हो :प्रकाण्ड - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सिंहदरबार बालात्कारी र भ्रष्टाचारीहरुलार्इ संरक्षण गर्ने अड्डा हो :प्रकाण्ड



कालिकोट । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर बिश्वकर्मा (प्रकाण्ड)ले बुधबार कालिकोटमा शक्ति प्रदर्शनलगत्तै आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै आफ्नो पार्टीले मुलुकभर रहेका भ्रष्टाचारी र बलात्कारीलार्इ निशाना बनाउने बताएका छन् ।

यसका साथै प्रवक्ता प्रकाण्डले सिंहदरबार बालात्कारी र भ्रष्टाचारीहरुलार्इ संरक्षण गर्ने र त्यसका मतियारहरुको अड्डा रहेको आरोप लाएका छन् । कालिकोटको उक्त जनसभामा जिल्लाका ९ वटै स्थानीय तहबाट हजारौँ नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले भने ‘अब हाम्रो पहिलो निशाना नै भ्रष्टाचारी र बलात्कारी हुनेछन् । अहिलेको सरकार र सिंहदरबार बलात्कारी र भ्रष्टाचारी संरक्षण गर्ने अड्डा हो ।’

प्रवक्ता प्रकाण्डले यसरी सरकार स्वय‌ं अपराधीहरुको मतियार बनेको आरोप लगाउँदै गर्दा अपराधीहरुलाई अब नेकपाले जनकारबाही गर्ने पनि बताएका छन् ।