सिमरामा पुर्वराजाको स्वागत, घन्कियो 'राजा आऊ देश बचाउ'को नारा - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

सिमरामा पुर्वराजाको स्वागत, घन्कियो ‘राजा आऊ देश बचाउ’को नारा



काठमाडौं। २ हप्ता लामो बसाइँका लागि पूर्वराजा ज्ञानेन्द्र शाह सिमरा पुग्नुभएको छ । बुद्ध एयरको विमानबाट आइतबार अपराह्न सिमरा विमानस्थलमा ओर्लिएका पूर्वराज शाह सिमरास्थित प्रभुवासमा बस्नुभएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका ३ बजनीस्थित पूर्वराजाका बाल्यकालका साथी प्रभु शमशेर राणाको प्रभुनिवासमा रहेर पूर्वराजा शाहले बारा पर्साका धार्मिक स्थलहरुको भम्रण गर्नुहुनेछ ।

पूर्वराज शाहको निजी सचिव सागर तिमल्सिनाले भ्रमणका सम्पूर्ण कार्यक्रम तय भइनसकेको जानकारी दिनुभयो । ‘२ हप्ता उहाँ सिमरा बस्ने हो, अन्य कार्यतालिका यतैबाट तयार गर्छौं’–उहाँले भन्नुभयो ।

सिमरा विमानस्थलबाट पूर्वराजा शाह सिधै प्रभुवास पुग्नु भएको हो । आइतबार कुनै कार्यक्रम नरहे पनि सोमबारबाट भ्रमण शुरु हुने तिमल्सिनाले जानकारी दिनुभयो । बारा पर्साका विभिन्न स्थाबाट आएका समर्थकले पूर्वराजाको स्वागत गरेका थिए । उनीहरुले ‘राजा आऊ देश बचाउ’जस्ता नारा समेत लगाएका थिए ।