भारतले सिमानामा काँडे तार लगाउने
काठमाडौं- भारतले आफ्नो सिमानामा काँडेतार लगाउने भएको छ । भारतले त्रिपुरा राज्यसँग जोडिएको बंगलादेश सीमामा आगामी वर्षदेखि पूर्ण सुरक्षाका लागि काँडे तार लगाइने योजना सार्वजनिक भएको छ ।
भारत–बंगलादेश सीमामा आगामी वर्षदेखि काँडे तार लगाइन सुरू गरिने योजना सार्वजनिक भएको छ । भारत र बंगलादेशको भूभागको धेरै भागमा यसअघि नै काँडेतार गरिएको बताइएको छ ।
त्रिपुरा सीमा सुरक्षा बलका महानिरीक्षक सुशान्तकुमार नाथले उत्तरपूर्वी राज्यको आठ सय ५६ किलोमिटर लामो भारत–बंगलादेश अन्तर्राष्ट्रिय सीमाको ८५ प्रतिशत भूभागमा यसअघि नै त्यस्तो काँडेतार लगाइसकिएको बताए ।