सीमा नाका र हवाइ उडान बन्द गर्ने तयारी - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

सीमा नाका र हवाइ उडान बन्द गर्ने तयारी



काठमाडौं – कोरोना संक्रमण बढेपछि सरकारले सीमा नाका र हवाइ उडान बन्द गर्ने विषयमा छलफल सुरु गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकमा त्यसबारेमा शुक्रवार छलफल भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा शुक्रवार बसेको बैठकमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे छलफल भएको गृहमन्त्री बालकृष्ण खाणले जानकारी दिए । बैठकमा स्वास्थ्य सचिव रोशन पोखरेल र नेपाली सेनाले पछिल्लो अवस्थाको बारेमा जानकारी गराएको थियो ।

शुक्रबार मात्र २४ जनामा कोरोनाभाइरसको नयां भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएपछि सरकारले सीसीएमसीसीको बैठक बोलाएको हो । बैठकमा स्वास्थ्य सचिव रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण सिंहलाई समेत बोलाइएको थियो ।

बैठकमा सहभागी गृहमन्त्री बालकृष्ण खांडले कोरोना रोकथामका उपाय र पछिल्लो अवस्थाका बारेमा छलफल भएको जानकारी दिए । उनले संकमणलाई रोक्न सजकता अपनाउने निर्णय भएको समेत बताए ।

आजको बैठकमा बोर्डरबाट भित्रिने नेपालीहरुको पिसिआर र एन्टिजेन टेस्टको दायरा बढाउने निर्णय गरेको छ । साथै सीमा नाका र हवाई उडान बन्द गर्नेबारे छलफल भएपनि निर्णय भने भएको छैन । तर, भारतसंगको सीमा नाका कडाई गर्ने विषयमा भने छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् । उनले त्यसका लागी आवश्यक तयारी थाल्न समेत निर्देशन दिएका छन् ।