भारतसँगका २२ वटा नाका बन्द गर्ने निर्णय - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

भारतसँगका २२ वटा नाका बन्द गर्ने निर्णय



काठमाडौं- सीसीएमसीले भारतसँगका २२ वटा नाका बन्द गर्ने निर्णय भएको छ । शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नेपाल–भारतका २२ वटा बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

अब १३ वटा नाकाबाट मात्र आवातजावत गर्न पाइने भएको छ । काँकडभिट्टा, जोगवी, पशुपतिनगर, भिट्टामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुना, मुलघाट, झुलाघाट, गौरिफन्टा र गड्डाचौकी नाका मात्रै सञ्चालनमा आउनेछन् ।

भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको र खुला सीमाका कारण मानिसहरुको आवातजावत बढ्ने भएकाले नाका बन्द गर्नु उचित हुने बैठकले निष्कर्ष निकालेको छ ।

साथै बैठकले एक चौथाई सरकारी कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त नियम निषेधाज्ञा भएका जिल्लामा मात्रै लागू हुनेछ ।

त्यस्तै सार्वजनिक निर्माणका सम्पूर्ण कार्य बन्द गर्ने, सञ्चालन हुने उद्योगले मजदुर तथा कर्मचारीलाई उद्योग परिसरभित्रै खाने बस्ने व्यवस्था गर्नुपर्ने छ । सीसीएमसीले गरेका निर्णय मन्त्रिपरिषद्लाई सिफारिस गर्ने र मन्त्रिपरिषद्बाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।